जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कात्तिक ८ , कास्की ।
     पोखरा महानगरपालिका-१२ चापापानीस्थित २० वर्षीय नवीन गौचनको घरमा जुवातास खेलिरहेका गौचन लगायत ६ जनालाई प्रहरिले पक्राउ गरेको छ । प्रहरिले शुक्रबार राति गौचन लगायतलाई पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेलिरहेका उनीहरुलाई नगद ३ लाख २३ हजार ५ सय ९० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।