दसैँ

सबैतिर चहलपहल छ । सरकारले दसैँ घरभित्रै बसेर मनाउनु भनेको छ । जो जहाँ छ त्यहीँ बसेर मनाउनु दसैँ भनिरहेको छ । तैपनि मान्छेको मन हो, जसरी पनि नमनाई हुन्न – दसैँ ।
महामारीकै बीचमा पनि धुमधामसँग दसैँ भित्रिएको छ । यसले पनि किन नबुझेको होला ? यसपालि जानुहुन्न भनेर । अनि सबै मान्छे स्वार्थी हँुदाहँुदै पनि यो किन समावेशी हुनुपरेको ? न यसको कुनै जात छ, न धर्म, न पार्टी न त वर्ग नै । सबैको घरमा यसले एकैपटक प्रवेश गर्छ । सबैभन्दा पहिला ठूलो मान्छेको घरमा जान्छु अनि अरूको घरमा भनेर पनि विभेद गर्दैन ।


एक हिसाबले हेर्दा यो चाहिँ साम्यवादी रै’छ जस्तो लाग्छ । अनि यो निस्वार्थी, समाजवादी र समावेशी छ तर के गर्नु यसले मान्छेको मर्म बुझ्दैन । यसमा पनि मान्छेमा हुने विभेद्कारी सोचले घर गरेको रै’छ । यस्तो महामारीको बेला त नआई दिए पनि हुने अनि आए पनि ।
हामीजस्ता गरिबको घरमा नआउनु नि!! हर्के खुइय काढ्छ । यसलाई आउनै पर्ने भए पनि सबैको घरमा एउटै कोसेली लिएर आउनु नि । धनीमानीको घरमा चाहिँ खुसी र उमङ्ग लिएर आउने अनि हामीजस्ता दुखी दरिद्रीको घरमा चाहिँ दुःख, आँसु र पीडा लिएर आउने ?
हर्के मनमनै विद्रोह गर्छ । आउने बेला डाकी न बोलाई, सोधी न खोजी आउने अनि कोसेली चाहिँ फरकफरक बोकेर ल्याउने ? आउनु नै छ भने एकैचोटी आउनेले एकैखाले कोसेली बोकेर आउनु नि ? गरिब भनेर हेला गरेको यसले ? हर्के मनमनै आक्रोश पोख्छ । बोलम् सुन्ने कोही छैन अनि सुने पनि कसैले गर्ने केही हैन ।
हर्केको काल कोठरीमा यसपाली कुनै उमङ्ग र खुसी छैन । छ त उसको पाँच वर्षे छोरा उमङ्ग र तीन वर्षे छोरी खुसी । उसले पनि जीवनमा सधै उमङ्ग र खुसी आओस् भनेर छोराको नाम उमङ्ग र छोरीको नाम खुसी राखेको थियो । हर्के छोराछोरीलाई हेरेर आँखाभरी आँसु पार्छ । ऊ छोराछोरीको आङमा प्वाललै प्वाल परेको लुगा हेरेर एकचोटि आफैँलाई धिकार्छ ।

यसलाई आउनै पर्ने भए पनि सबैको घरमा एउटै कोसेली लिएर आउनु नि । धनीमानीको घरमा चाहिँ खुसी र उमङ्ग लिएर आउने अनि हामीजस्ता दुखी दरिद्रीको घरमा चाहिँ दुःख, आँसु र पीडा लिएर आउने ?


७ महिनादेखि उसको रोजीरोटी खोसिएको छ । आजभन्दा अगाडिको दसैँ तिहार त उसले जसोतसो मनाएकै थियो । छोराछोरीको आँङमा एकएक सरो नयाँ लुगा परेकै थियोे अनि नवमीको बिहानदेखि दशमीको बेलुकासम्म उसको चुल्होमा मासु भात पाकेकै हुन्थ्यो । यसपाली हर्केलाई दसैँले नमिठोसँग घाँटी अठ्याएजस्तो भएको छ । टाउकोमा बीस किलोको ढुङ्गाले हानेजस्तै भएको छ ।
ऊ सात महिनादेखि रोग र भोकसँग लडिरहेको छ । उसको दैनिकी फेरिएको छ । सधँै बिहान बेलुका भृकुटी मण्डपमा भारी बोकेर साझमा घर पैसा लिएर आउने हर्के ७ महिनादेखि मनकारी दाताले दिएको कागजको थालमा भात खान्छ र छोराछोरीलाई प्लास्टिकको झोलामा अलिकति भातदाल हालेर पेट भर्न बाध्य भएको छ ।
ऊ सधैँ तीनवर्ष अधि छोडेर गएकी सपनालाई सम्झन्छ । जुनबेला खुसी जम्मा छ महिनाकी थिई । सपनाको मृगौलामा पत्थरी थियो ।


समयमै उपचार नपाउदा दुवै मिर्गौला खराब भए । प्रत्यारोपण त परै जाओस् नियमित औषधि खुवाउने समेत हैसियत उसमा थिएन । सिन्धुपाल्चोकको जुरेमा भएको ३ आना बारी पनि २०७१ सालको पहिरोले बगाइदियो । सम्पत्तिको नाममा हर्केसँग त्यही दुई हात खुट्टा र दुई आँखा थियो ।
आफन्तको नाममा श्रीमती र दुई छोराछोरीबाहेक कोही थिएन । आमा बा र भाइ बहिनीलाई त्यही पहिरोले निलेको थियो । बिहानबेलुका भारी बोकेर दुई छाकको जोहो हर्के गथ्र्याे । सपना पनि अर्काको घरमा भाँडा माझेर कोठा भाडाको जोहो गर्थी । उनीहरूको परिवार जसतसो चलेकै थियो । उनीहरू आफ्नो पौरखमा खुसी थिए तर त्यो खुसी धेरै समयसम्म टिक्न पाएन । सपना दिन दुनै कमजोर हुँदै गइन । दुवै मिर्गौला फेल भयो । एउटासम्म फेर्न पाएको भए सायद सपना हुन्थी अहिले । हर्केले अनेक प्रयत्न ग¥यो । उसलाई बचाउन आफ्नै एउटा मिर्गौला दिन ऊ तयार भयो तर त्यो मिर्गौला शल्यक्रिया गरेर सपनाकोमा सार्न पनि पैसा भएन । पैसाको खोजी गर्दागर्दै सपनाले संसार छाडिनँ ।

खुसी र उमङ्ग भन्छन् –‘बाबा दसैँ आएको हो ? अनि दसैँमा हामीलाई नयाँ लुगा किन्न हजुरले काम गर्ने ठाँउ कहिले लाने ?’

खुसी भन्छे –‘बाबा मलाई फूल भएको रातो हेरबिन र रातो जामा किनिदिनु ल ।’


संसार छोड्ने बेला सपनाले खुसी र उमङ्गलाई हर्केको काखमा राख्दै ‘यी छोराछोरी हजुरको जिम्मा भयो । यिनलाई कहिल्यै भोकोनाङ्गो नराख्नु है’ भनेकी थिइन ।
छोराछोरी भोकै सुताउनु परेको प्रत्येक रात हर्के सपनासँग माफी माग्छ ।
‘सपना मलाई माफ गरिदेऊ । तिमीलाई दिएको वचन पूरा गर्न सकिनँ ।’
‘सपनाले त माफी दिन्थिन् कि दिन्नन् थाहा भएन तर छोराछोरीको भोको पेटले चाहिँ पक्कै माफी दिएको छैन भन्ने हर्केलाई थाहा छ । ऊ आँखाबाट आएको आँसु पानी जसरी घुटुक्क पिउँथ्यो ।
दसैँ जति नजिकनजिक आउँछ त्यतित्यति विक्षिप्त हुन्छ । छोराछोरीको आङको आँखीझ्याल जस्तो लुगाभित्र आफ्नो विवशता लुकाउने प्रयत्न गर्छ । सडक र गल्ली गल्लीमा कामको खोजीमा भौतारिन्छ । ७ महिनादेखि काम खोसिँदा ऊ आफूलाई कसैले अपहरण गरेर बन्दुक बनाएको सपना देख्छ ।


खुसी र उमङ्ग भन्छन् –‘बाबा दसैँ आएको हो ? अनि दसैँमा हामीलाई नयाँ लुगा किन्न हजुरले काम गर्ने ठाँउ कहिले लाने ?’
खुसी भन्छे –‘बाबा मलाई फूल भएको रातो हेरबिन र रातो जामा किनिदिनु ल ।’
उमङ्ग भन्च बाबा –‘बाबा मलाई बक्स पाइन्ट र क्याप है । अनि मासु पनि ल्याउनुपर्छ है बाबा । नवमी कति गते हो?’
‘यी अबोध छोराछोरीको माग जायज हँुदाहँुदै पनि हर्केलाई कताकता रिस उठ्छ अनि फेरि आफ्नो वास्तविकता देखेर आफैँलाई माया लागेर आउँछ । उसलाई सपना देखिराखेको हो किजस्तो लाग्छ । हर्केलाई थाहा छ यो सपना हैन यथार्थ हो नवमी आउन जम्मा ३ दिन बाँकी छ ।
हर्के अवाक हुन्छ । उसको टाउको फुट्ला जस्तैगरी दुख्छ । घाँटीमा ठूलो हड्डी अड्किएको जस्तो हुन्छ । ऊ छोराछोरीलाई अगाँलो हालेर डाको छोडेर रुन चाहन्छ तर रुन सक्दैन ।


आँखाको डिलमा आइसकेको आँसु आँखाभित्रै लुकाउने प्रयत्न गर्छ । आँसुमा चेतना हँुदैन । छोरा छोरीको अगाडि खस्नु हुन्न भन्ने हेक्का त्यसमा हुन्न तुरुक्क खसिहाल्यो । उमङ्गले हर्केको आँसु देख्छ । हर्के हत्तपत्त आँसु पुछेर हाँस्ने प्रयास गर्छ । उमङ्गले सोध्छ –‘हजुर किन रुनुभएको बाबा ?’
हर्के केही बोल्न सक्दैन ।
ऊ गला अबरुद्ध पार्दै भन्छ –‘छोरा यसपालि दसैँ दशा भयो । अबोध बालक उमङ्ग र खुसी यो कुरा बुझ्न त कहाँ सक्थे र तैपनि एकै स्वरमा भने –‘बाबा यसपालि हामी दसैँ नमनाउने हो ? हर्के अनुत्तरित भयो । छोराछोरी बाबाको मुखमा हेर्दै भन्न ………………..थाले ।’
ड्ड