सिन्धुलिमा सवारि दुर्घटना एककाे मृत्युु एक घाइते


कार्तिक १०, सिन्धुलि । सिन्धुलिमा सवारि दुर्घटनामा परि एकजनाकाे मृत्युु भएकाे छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा माेटरसाइकल चालक महाेत्तरि बर्दिवास १४ का २३ वर्षिय संगम कार्कि छन् । यस्तै साेहि माेटरसाइकलमा सवार सिन्धुलिकाे कमलामाई नगरपालिका – ५ का २४ वर्षिय साैगात रायमाझी घाइते छन् । हिजाे साँझ कमलामाई नगरपालिका ८ कर्करे स्थित वि पि राजमार्गमा बर्दिबास तर्फ हिँडेकाे बा १९ च ४३६३ नम्बरको पिकअप गाडि र सिन्धुलितर्फ अाउँदै गरेकाे प्रदेश ३०२००२ नम्बरको माेटरसाइकल ठाेक्किएकाे सिन्धुलि प्रहरिले जनाएकाे छ । मृतक कार्कीलाई हिजै राति सिन्धुलि अस्पताल ल्याइएकाेमा डाक्टरले मृत घाेषणा गरेकाे बताइएकाे छ । यस्तै घाइते रायमाझिकाे खुट्टामा चाेट रहेकाे छ । उनलाई थप उपचारका लागि सिन्धुलि अस्पतालबाट काठमाडौंकाे ट्रमा सेन्टर रिफर गरिएकाे छ । पिकअप गाडि सिन्धुलि प्रहरिकाे नियन्त्रणमा रहेकाे छ ।