गेलुमा ३ वटा घर आगलागीबाट जलेर नष्ट, १७ लाख भन्दा बढी मूल्य बराबरको धनमालको क्षति ।


कार्तिक १७, रामेछाप ।
मन्थली नगरपालिका वडा नम्बर १२ भोर्लेमा आज आगलागी भएको छ । आगलागीबाट तीन वटा घरहरु जलेर पूर्णरुपमा नष्ट भएका छन् भने ११ जनाभन्दा बढी व्यक्तिहरू घरबारविहीन भएका छन् । सो सँगसँगै घरायसी धनमाल तथा पशुपन्छी र चौपायाहरुको पनि क्षति भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । क्षति भएको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खटिएको टोलीले राहत वितरण समेत गरेको छ । विभिन्न तीनवटा परिवारका लागि कूल ४० हजार रुपियाँ नगद वितरण गरिएको छ । राहात रकम पाउने हरुमा मकर बहादुर बुढाथोकी रु १० हजार, घरमुली मनोज बुढाथोकीको चारजना परिवार र नारायण बुढाथोकीको ५ जना परिवारका लागि १५/१५ हजार रुपियाँका दरले राहत वितरण गरिएको छ सो सँगसँगै अन्य त्रीपाल तथा अन्य सामानहरु जस्तै त्रिपाल र केही अन्य अत्यावश्यक सामग्री समेत राहतको रूपमा वितरण गरेको जिल्ला प्रशासन कार्यालय स्रोत बताउँछ ।आगलागीबाट तीन ओटै घरमा रहेको ७० मुरी धान, मकै गहुँ लगायतका अन्न हरु र कूल १७ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।