सिन्धुलिमा काेराेना सङ्क्रमित महिलाकाे मृत्यु


कार्तिक १७,
सिन्धुलि । सिन्धुलीमा कोरोना भाइरस (कोभिड १९) बाट एक वृद्धाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणकाे कारण कमलामाई नगरपालिका ६ पानीटंकीकी एक ८४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलिका प्रमुख जितेन्द्र शाहले बताउनुभयाे । सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको आइतबार राति मृत्यु भएको बताईएकाे छ ।
श्वासप्रश्वासमा समस्या भएपछि गत शुक्रबार उपचारका लागि धुलिखेल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि सिन्धुली अस्पतालमै ल्याइएको थियो। उनको अवस्था जटिल भएकाले कोरोना चेकजाँच गरिएको थियो। हिजाे साँझ आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएकाे थियाे ।
मृतक महिलाको शव आइतबार रातिनै व्यवस्थापन गरिएको छ। मृतकको शव सिन्धुलीमा रहेको नेपाली सेनाको वर्दबहादुर गणले कमलामाई नगरपालिका- ७ स्थित गडौली दोभानमा अन्त्येष्टि गरिएको अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयाे ।