शिक्षक तथा कर्मचारीहरूलाई विधालयमा अनिवार्य हाजिर हुन निर्देशन

कार्तिक १८ रामेछाप । मन्थली नगरपालिकाले नगर भित्रका विधालयहरुका शिक्षक तथा कर्मचारीहरूलाई विधालयमा अनिवार्य हाजिर हुन निर्देशन दिएको छ । मन्थली नगर शिक्षा समितिले कात्तिक १७ गते बैठक बसि सो निर्णय गरेको हो ।

नगर शिक्षा समितिले विध्यालयका संक्रमण पुष्टि भएका र बिरामी भएका बाहेक सबै शिक्षक तथा कर्मचारीहरु विध्यालयमा अनिवार्य हाजिर हुन भनेको छ । साथै, बैकल्पिक सिकाइ सहजीकरण निर्देशिकाले तोकेका विधिहरुमध्ये विध्यालयले आफ्ना अभिभावक तथा वालबालिकाहरुको अबस्थाको गहन विश्लेषण गरि कुन विधिबाट सिकाइ सहजीकरण गर्दा उपयुक्त हुन्छ सोही बिधिको प्रयोग सहित विशेषत विध्यालयलाई सिकाइ केन्द्र स्थापनागरी सिकाइ सहजीकरण प्रक्रिया अगाडि बढाउन समेत भनेको छ ।

समितिले सिकाइ सहजीकरण गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाउने , सिकाइ सहजीकरण गर्दा संक्षेपीकरण गरिएको पाठ्यक्रमलाई अध्यायन गरि कार्यान्वयनमा ल्याउने , ज्वरो लगायतका बिरामी भएका अभिभावकका बालवालिकाहरु तथा बिरामी बालबालिकाहरुलाई अझै उच्च सतर्कतासाथ मात्र सिकाइ सहजीकरण गर्ने , साथै नेपाल सरकारबाट शैक्षिक सत्र खेर जान नदिने भन्ने पटक पटकको प्रतिबद्धता अनुसार वालबलिकाहरुले न्यूनतम रुपमा सिक्नु पर्ने सिकाइलाई गम्भीरताका साथ लिदै अभिभावक, वि व्य स, शिक्षक तथा प्रधानाध्यापक ज्यूहरुले गहन विश्लेषण तथा छलफल गरि सुरक्षित वातावरणमा सिकाइ सहजीकरणलाई निरन्तरता दिन अनुरोध गरेको छ ।