गोकुलगङ्गा गाउँपालिकामा खुल्यो जागिर, इच्छुकहरुले आवेदन दिन सक्ने

कार्तिक २० । सविना कार्की, रामेछाप ।


गोकुलगङ्गा गाउँपालिकाले विभिन्न पदका लागि करार सेवामा आवेदन खुला गरेको छ ।
गाउँपालिकाले आज प्रकाशन गरेको सूचना अनुसार कृषि र पशु सेवा प्राविधिक (साहयक चौथो सरह) क्रमश ६ र ४ जना तथा नगर प्रहरी जवान (श्रेणी विहिन) ४ जनाकाे पदका लागि आवेदन खुला गरेको हो ।
आवेदन खुला गरेका पदहरुमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र राजस्व तिरेको रसिद र आवशयक कागजात सहित दरखास्त दिनुपर्ने जनाइएको छ ।


आवश्यक अन्य विवरणहरु गोकुलगङ्गा गाउँपालिकाको वेभसाइट www.gokulgangamun.gov.np बाट उपलब्ध हुने, सो सूचनामा उल्लेख गरिएको छ ।