खाँडादेवी गाउँपालिकामा जागिरको अवसर, इच्छुकहरुलाई सुवर्ण मौका

कार्तिक २१, सविना कार्की, रामेछाप ।


रामेछापको खाँडादेवी गाउँपालिकाले करारमा कर्मचारीहरुको माग गरेको छ । गत कार्तिक २० गते गाउँपालिका कार्यालयले एक सूचना प्रकाशन गर्दै विभिन्न ७ वटा पदहरुमा पदपूर्ति गर्न सूचना प्रकाशन गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासद्वारा अस्ताक्षरित सूचनाअनुसार साहयक कम्प्युटर अपरेटर (चौथो स्तर) को ६ जना तथा अलग्गै विज्ञापन खुलाउँदै सोही स्तरको १ जना राजश्व शाखाका लागि (महिला) उम्मेदवारको माग गरेको छ ।

सूचना अनुसार ७ वटै पदहरु करारमा नियुक्ति हुनेछन् भने २० हजार ५ सय तलब स्केल निर्धारण गरिएको छ । उल्लेखित पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उर्तिण वा मान्यता प्राप्त संस्थाबाट ३ महिने कम्प्युटर बेसिक कोर्ष उर्तिण गरेको हुनुपर्ने भन्ने तोकिएको छ । साथै राजश्व शाखाको महिला कर्मचारीको हकमा प्लस टु व्यवस्थापनबाट उत्तिर्ण गरेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।


पुरुष उम्मेदवारको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको उमेरहद भने महिलाको हकमा ४० वर्षको हदबन्दी तोकिएको छ । आगमी मंसीर ४ गतेसम्म आवेदन बुझाउने म्याद भएको उक्त सूचनामा आवेदन दस्तुर लक्ष्मी बैंक खाँडादेवी मार्फत् ५ सय रुपैयाँको भौचरको समेत माग गरेको गाउँपालिका स्रोतले बताएको छ ।