रामेछाप कार्तिक २३।
उमाकुण्ड गाउपालिकाका गर्भवती तथा सुत्केरी महिलाको लागि निशुल्क हवाइ उद्दार सेवा सुचारु हुने भएको छ।
उमाकुण्ड गाउपालिका रामेछापको सबै भन्दा दुर्गम गाउपालिका भएको र सो पालिकाका गर्भवती तथा सुत्केरि महिलाहरुको उपचार नपाएकै कारण आमा र बच्चाको अकालमा मृत्यु नहोस भनि यो सेवा सुचारु गर्न पहल गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बताउछिन।
प्रजिअ शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयले गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निशुल्क हवाइ सेवा संचालन गर्ने निर्णय गरि मन्त्रालय पठाइ सकिएको छ।