जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ, मङ्सिर ३ ।
    २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जहदा गाउँपालिका-५ बस्ने २४ वर्षीय बिशाल सोनार ठाकुरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।


गत साउन १ गते साँझ ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका-७ मधुवनीबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।