नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री निवासमा सुरू बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा उपस्थित भएको पुष्टि गरे ।
यसअघि आजको बैठकमा ओली अनुपस्थित रहने अड्कल केही नेताहरुको थियो ।

आजै २ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । आजको सचिवालय बैठकमा यसअघि बहुमत सचिवालय सदस्यहरुले बुझाएको पत्र, प्रधानमन्त्रीको जवाफ, दाहालको प्रतिवेदनमाथि छलफल हुनेछ । १२ खरिले लेखेको छ ।