भरुवा बन्दुक सहित पक्राउ

दाङ, मङ्सिर ३।
    बगंलाचुली गाउँपालिका-२ टाकुरे बस्ने ३९ वर्षीय टोप बहादुर घर्तीलाई १ थान भरुवा बन्दुक सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
टोप बहादुरले कालिज मार्ने क्रममा भरूवा बन्दुक पड्किदा सोही ठाउँ बस्ने ४१ वर्षीय भोज बहादुर घर्तिलाई लाग्न जाँदा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले  उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।