लागूऔषध , मोटरसाइकल सहित ९ जना पक्राउ

काठमाडौं, मङ्सिर ३ ।
    मोरङ, उर्लाबारी नगरपालिका-७ बाट ४ ग्राम ७ सय २७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ सय ८४ ग्राम २ सय ३० मिलिग्राम अवैध लागूऔषध गाँजा र ५ थान मोटरसाइकल सहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-७  स्कुलडाँडा बस्ने २१ वर्षीया ममता तामाङ,  सोही नगरपालिका-७ बरगाछी  बस्ने २४ वर्षीय  मिलन याक्सो, सोही नगरपालिका-९ भोटेपुल  बस्ने २८ वर्षीय  आकास लिम्वु, सोही नगरपालिका-७ बरगाछी टोल बस्ने १९ वर्षीय असिम लिम्बु, झापा दमक नगरपालिका-७ बजार लाईन बस्ने १९ वर्षीय ससिन सेख, सोही नगरपालिका-४  सिर्जना टोल बस्ने ३० वर्षीय सुमन सुनुवार, मोरङ रतुवामाई नगरपालिका-८ ईटहरा बस्ने २२ वर्षीय रुमपमान केदेम (लिम्वु), सोही नगरपालिका-१० सातमेडी बस्ने १९ वर्षीय एन्जील मगर र रतुवामाई नगरपालिका-९ ईटहरा बस्ने २५ वर्षीय  मन्जील बस्नेत रहेका छन् ।

लागूऔषध विक्री तथा सेवन गरिरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


    सिरहा, वरियारपट्टी गाउँपालिका-१ वडहरीबाट ३ किलो २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-५ जिझौल बस्ने २७ वर्षीय पृथ्बी नारायण यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।