किसानलाई घाँसको बिउ बाँढ्दैछ मन्थली नगरपालिका, ७० प्रतिशतसम्म अनुदान ।

मंसीर ०४, रामेछाप ।
मन्थली नगरपालिकाले कृषकहरुलाई ७० प्रतिशत अनुदानमा हिउँदे जई नामक घाँसको वितरण सुरु गरेको छ । प्रति कृषक सीमित मात्रामा मात्रै यसको वितरण हुनेछ । आजबाट सुरु भएको हिउँदे जई घाँसको वितरण भोलिसम्म मात्रै बाँढिने मन्थली नगरपालिकाका कर्मचारी मुकुन्द खड्काले जानकारी दिएका छन् ।

‘कृषकलाई वितरण गर्नको लागि हाल कति बिउ ल्याउनु भएको छ ?’ भन्ने हाम्रो जिज्ञासामा खड्का भन्छन्, ‘हालका लागि ४ हजार ५ सय किलोग्राम घाँस ल्याइएको छ । त्यसले सबै कृषकलाई जति चाहे पनि दिएको खण्डमा पुग्दैन । फर्महरुको अवस्थालाई हेरेर अधिकतम ३० केजीसम्म प्रति कृषक बिउ वितरण गरिने छ । तसर्थ हामीले सीमित मात्रै बाँढ्ने सोचेका छौं । यसको बिउ नपाएर बढी समस्या देखिएको छ ।’


५ हजार किलो यस वर्ष हिउँदे जई घाँसको वितरण गर्ने लक्ष्य राखिएको भए पनि बिउ सहज रुपमा पाउन नसक्दा आफूहरुलाई समस्या भएको खड्काको भनाई छ । ७० प्रतिशत अनुदान दिइएको भएकोले कृषकले प्रतिकिलो १८ रुपैयाँ भने व्यहोर्नु पर्ने मन्थली नगरपालिका बताउँछ ।