कृषि अनुदानमा मात्रै साढे सात करोड

९ मंसिर, रामेछाप ।

 गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को विनियोजित रकमको  सात करोड पचास लाख बजेट कृषि क्षेत्रमा अनुदानका लागि छुट्टयाएको छ ।

स्थानीय सरकारले कृषि क्षेत्रको अनुदानका लागि छुट्ट्याको सबै भन्दा बढि रकम नै यहि रहेको अध्यक्ष खड्ग बहादुर सुनुवारको भनाई छ ।

खड्ग बहादुर सुनुवार, अध्यक्ष, गोकुलगंगा गाउँपालिका

  कृषि अनुदानमा उल्लेख्य बजेट छुट्ट्याएर कृषिमा आत्मनिर्भर पालिका बनाउने लक्ष्य अध्यक्ष सुनुवार बताउँछन् ।

पालिका भित्र उत्पादन  गरिएका विभिन्न वस्तुहरुलाई आफ्नै पालिकाभित्र बजारीकरण गर्ने र बाँकी रहेका उत्पादित वस्तुहरुलाई पालिका बाहिर सम्म पु¥याउने लक्ष्य लिएको सुनुवारको भनाई छ ।

अध्यक्ष सुनुवारका अनुसार सम्भावनाका क्षेत्रहरु मध्ये कृषि क्षेत्रबाट पर्याप्त मात्रामा लाभ लिन सकिने उद्देश्यका साथ गोकुलगंगा गाउँपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको हो ।  अहिलेसम्म उत्पादन गरिएका वस्तुहरुबाट सोचे जत्तिकै नतिजा प्राप्त गर्न नसकिएपनि केही  नतिजा भने प्राप्त हुँदै गएको छ ।

गोकुलगंगामा स्कुस धेरै मात्रामा उत्पादन भएको छ ।आलु र किवीको उत्पादन पनि बढिरहेको छ ।  आलु, स्कुस र किवीलाई प्याकेजीङ गरेर बेच्न सकियो भने धेरै लाभ लिन सकिने सुनुवारको भनाई रहेको छ ।

अध्यक्ष सुनुवार थप्छन् -” ‘हाम्रो गाउँपालिका कृषिमय हुन्छ र समृद्ध पनि हुन्छ  । अहिले हामी किसानलाई व्यवसायिक कृषितर्फ आकर्षित गरिरहेका छौँ । सधैभरी यस्तो अनुदानको व्यवस्था  नहुन सक्छ । भोलीका दिनमा उत्पादनलाई बढाएर ठुला ठुला कृषि फार्म संचालन गर्न सक्षम हुनु पर्छ ।