गर्जाङमा आज आँखा शिविर चल्दै, भोलि शिवालयमा हुने

मङ्सिर ११ । रामेछाप ।
गोकुलगंगा गाउँपलिकाको गर्जाङमा आजबाट आँखा शिविर संचालन भइरहको छ ।
कुसुम सामुदायिक संस्था द्घारा संचालित दुई दिने उक्त सिविरमा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार, कार्यपालिका सदस्य लोककुमारी गुभाजु (ललिता) लगायत विभिन्न संघ सस्थाका प्रमुख र विद्यालयका शिक्षकहरुको उपस्थिति रहको छ ।

कार्यक्रममा ३ सय जना व्यक्तिको उपस्थिति रहेको छ भने १ सय जना जति व्यक्तिले सेवा लिइसकेका छन् । उक्त दुइदिने कार्यक्रमको जेनरल चेकअप भोलि १२ गते शिवालयमा संचालन गरिने कुसुम सामुदायिक संस्थाका अध्यक्ष कुसुम खड्काले जानकारी दिएका छन् । उक्त संस्थाको पहिलो कार्यक्रम रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन भइरहने उनको भनाई छ । शिविर कुसुम सामुदायिक सेवा समिती र गोकुलगंगा गाउपालिका वडा नं १ को संयुक्त आयोजनामा संचालन भएको हो ।