प्रेम विवाह गरेको ४ महिनामै आत्महत्या

११ मंसिर, रामेछाप ।

प्रेम विवाह गरेको ४ महिना पुरा हुँदै गर्दा एक महिलाले आत्महत्या गरेकी छिन् । गोकुलगंगा गाउँपालिका वडा नं. १  इल्छिरे निवासी फुर्लाम भुजेल (शेर्पा) ले हिजो बेलुकी अन्दाजी ४ बजेर ५० मिनेटमा आत्महत्या गरेकि शिवालय चौकीमा कार्यरत प्रहरी हवल्दार धनबहादुर बरालले जानकारी दिए ।

दोलखा जिल्ला जिरि नगरपालिका २ बाट लालबहादुर भुजेल सँग प्रेम विवाह गरि शिवालय आईपुगेकी फुर्लाम भुजेल (शेर्पा) ले २२ वर्षको कलिलो उमेरमै आत्महत्या गरेकी हुन् ।

हवल्दार बरालका अनुसार हाल सम्म आत्महत्याको कारण खुल्न सकेको छैन, जिल्लाबाट टोली शिवालय तर्फ रमाणा भई सकेको र पोस्टमार्टम गरेपछि मात्र यसको थप जानकारी आउनेछ ।