घट्यो मन्थली बचतको नाफा

१३ मंसिर, रामेछाप।

मन्थली नगरपालिका वडा नं. १ मन्थली स्थित मन्थली बचत तथा ऋण सहकारी संस्थाको २३ औँ वार्षिक साधारण सभा भव्यताका आज चलिरहेको छ ।
संस्थाका अध्यक्ष ध्रुवप्रसाद सुवेदीको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतको आतिथ्यतामा भएको साधारण सभामा विभिन्न प्रतिवेदनहरु सर्वसम्मत रुपले पारित भएको हो ।
संस्थाको गत आर्थिक वर्षमा १ करोड २९ लाख ९५ हजार ३ सय ५ रूपैयाँ खुद नाफा रहेकोमा यो वर्ष भने ७० लाख ४९ हजार २ सय १० रूपैया मात्र कमाएको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष ५९ लाख ४६ हजार ९५ रूपैयाँ ले नाफा घटेको हो ।

संस्थाले यो वर्ष ८६ करोड ७४ लाख ६१ हजार ३ सय ६६ रूपैयाँ कारोबार गरेको जनाएको छ । ७० करोड ९६ लाख ४१ हजार ४ सय २१ रूपैयाँ बचत संकलन गरेको संस्थाले जानकारी दिएको छ ।