घरघरमा पुगेर अपाङ्ग परिचयपत्र वितरण

मङ्सीर १३, रामेछाप

दाेरम्बा गाउँपालिकाले घरघरमै गएर अपाङ्ग परिचय पत्र वितरणका लागि नामावली संकलन गरेको छ । कुनै कुनै व्यक्तिहरुको छुटफुट भएपनि सात वटै वडामा पुगेर अपाङ्ग परिचयपत्रका लागि नामावली संकलन गरेको उपाध्यक्ष कृषला घिसिङले बताएकी छिन् । उनका अनुसार नयाँ तथा थप नविकरण गरेर १३५ जनाको परिचयपत्र वितरणको लागि नाम सङ्कलन गरेर ल्याइएको छ ।
अपाङ्ग भत्ता तथा वृदाभत्ता बैङ्कद्वारा वितरण गरिने भएपनि ८० वर्षभन्दा माथिका बृद्धवृद्धाहरुलाई घरमै गएर उनिहरुको हातमा भत्ता थमाउँदै गर्दा स्थानीयहरु निकै खुसी भएका छन् ।


बैङ्क मार्फत सेवा सुविधा लिनुपर्ने भएपनि नियमानुसार बुढापाकाहरुलाई सहज होस् भनेर यस्तो कार्य गरेको उपाध्यक्ष घिसिङको भनाई छ । आफ्नो भत्ता लिनको लागी जिल्लासम्म पुग्न नसक्ने अवस्थामा रहेका अपाङ्गहरुलाई घरमै लगेर रकम थमाउँदा उनिहरु निकै नै खुसी हुने गरेका छन् । यस्तो सेवाभावमा लाग्नु हाम्रो कर्तव्य हो र सधै यसरीनै सेवाभावमा लागीरहने पालिका उपाध्यक्षको भनाई रहेको छ ।