कानुनी सहजकर्ताको स्थायी दरबन्दी नहुँदा न्यायीक समितिमा समस्या

खाँडादेवी गाउँपालिकाको न्यायिक समितिमा अहिलेसम्म जम्मा २ सय ८५ वटा मुद्धा आएको पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मखमली श्रेष्ठले बताएकी छिन् । उनका अनुसार हालका दिनसम्म आएका गुनासाहरू सबै मेलमिलाप मार्फत नै न्याय निरुपण गरिएकोले कुनै हारजितको सघन निर्णय गर्नै नपरेको बताएकी छिन् ।


विशेष गरि घर झगडा तथा साँध सीमाना, जग्गा विवादका गुनासाहरू न्यायिक समितिमा आउने गरेको उनी बताउँछिन् । मेलमिलापद्वारा नै गुनासाहरू सुल्झेको कारणले दुबै पक्षले “वीनवीन” भएको महसुस गर्ने गरेका छन् । कानुनी सहजकर्ताको स्थायी दरबन्दी नहुनाका कारणले न्यायीक समितिमा काम गर्न असहज भएको उनको गुनासो छ ।

आयोगबाट नै कानुनी सहजकर्ताको लोकसेवा पास गरि कानुन पढेको व्यक्ति अन्य कर्मचारी जसरी पठाउने हो भने न्यायीक समितिबाट हुने कार्यसम्पादनमा सहजता हुने उनको धारणा छ ।

बाँकी भिडियोमा…..