नागरिकका सूचनाको पाटो अझ फराकिलो बनाउने कार्यालय प्रमुखहरुको बैठकको निर्णय

मंसिर ३० । रामेछाप ।


रामेछाप जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुखहरुको बैठक सम्पन्न भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठले विभिन्न १४ वटा निर्णहरु गरेको छ । अघिल्लो बैठकमा भएका निर्णयहरुलाई कार्यसम्पादनको सिलसिलामा भएको प्रगतिको समिक्षा सहित कार्यालयहरुका वित्तिय व्यवस्थालाई प्रभावकारी बनाउँदै बेरुजु आएका कार्यालयहरुको बेरुजु फछ्र्यौटको कार्यलाई समेत प्रभावकारी रुपमा अगाडि लैजाने निर्णय भएको छ ।


विगत लामो समयदेखि जिल्ला निर्वाचन कार्यालयको भवन समय थप गर्दा समेत काम सुचारु नभएकोले सरोकारवाला निकायको बैठक बोलाई कानुनी उपचार खोज्ने सम्मको निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


सरकारी कार्यालयहरुले नागरिकहरुका लागि उपलब्ध गराउनुपर्ने सूचनाको हकको विषयमा समेत बैठकमा छलफल हुनुको साथै सूचनालाई पारदर्शी र प्रभावकारी बनाउनका लागि सूचना अधिकारीको अनिवार्य व्यवस्था गरी कार्यालय परिसरमा फ्लेक्स बोर्ड मार्फत् टाँस्ने समेत निर्णय गरेको छ ।


जसका लागि सम्पूर्ण कार्यालयहरुले अनिवार्य वेभसाइटको निर्माण गरि वा संचारमाध्यमबाट प्रकाशन प्रशारण गर्न लगाई पारदर्शी सेवा प्रवाह गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।

हेर्नुहोस् मंगलबार बसेको बैठकमा भएका निर्णयहरु :