नेकपाले वडा देखि गरेको भ्रष्टचार ‘सेन्टर कलेक्शन हुन्छ’-रत्न कार्की

नेकपा सरकारको विरोध नेपाली कांग्रेस, मानव अधिकार तथा अन्यहरूले मात्रै नगरि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) आफैले गरिरहेको प्रष्ट देखिएको नेपाली कांग्रेस रामेछापका नेता रत्न कार्कीले बताए । नेपाली कांग्रेस रामेछापले आयोजना गरेको विरोध जुलुसमा संवोधन गर्दै कार्कीले यस्तो बताएका हुन् ।

सभा संवोधन गर्दै कार्की भन्छन् : ‘नेकपालाई भ्रष्टचार गर्न हरेक तहबाट छुट हुन्छ । वडा देखि नै भ्रष्टचार हुन्छ । तर सबै भ्रष्टचार गरेको पैसा  ‘सेन्टर कलेक्शन’ हुन्छ । सो रकम उनिहरूले आफ्नो पार्टीलाई मजबुद बनाउन लगाउछन् । र मूलुक कब्जा गर्न खोज्छन् ।’

उनका अनुसार: ‘ नेकपाको सरकार अधिनायकवाद तर्फ लागेको छ । नेकपाले कांग्रेसका वरिष्ट नेतालाई समेत लाठ्ठी चार्ज गराउन पछि नपरेकोले नेकपा सरकारको नैतिकता प्रष्ट देखिन्छ ।’