खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ पक्राउ

झापा, २०७७ पुस १५ ।
मेची नगरपालिका-८ मेची क्राउन होटल पछाडी सडकबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका-८ बस्ने २१ वर्षीय अंकित शर्मा रहेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले को.३८ प ७१४९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।