ओली बिना यो मूलूक चल्दैन- मन्त्री ढुङ्गेल (भिडियो सहित)

२३ पुष, रामेछाप

प्रधानमन्त्री के.पी.ओली भर्याङबाट झर्न चाहेको, विधिबाट झर्न चाहदा भर्याङ नै झिकिदिएको कारणले यो सबै भएको हो । केपी ओली बिना यो मूलूक नै नचल्ने भएको कारण नेकपाले यो अभियान चलाएको  बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताएका छन् ।

नेकपा ओली पक्षले रामेछापमा हिजो गरेको जिल्ला कमिटि बैठकमा बोल्दै मन्त्री ढुङ्गेलले ‘नेकपा जस्तो राज मार्ग छाडेर गोरेटोमा लागे कुकुरले समेत खेद्ने बताएका छन् । संसद विघटन पश्चात कित्ताकाट हुँदा साथ नदिनेलाई पछि बहिष्कार समेत गरिने उनले थपे ।

साथै नेपाल सरकारले व्यवसायी लक्षित गरि सुरु गरेको सहुलियत व्याजको कर्जा रामेछापमा १ हप्ता भित्रै सुरु हुने उनले बताएका छन् । उनका अनुसार अब कृषि विकास बैंकबाट १ हप्ता भित्र सो ऋण लिन सकिन्छ ।