मन्थलीमा झोल साबुन बनाउने तालिम

२५ पुष, रामेछाप ।

मन्थलीमा झोल साबुन बनाउने १ दिने तालीम सम्पन्न भएको छ । प्राप्सा सेवा समितिको संयोजनमा भएको कार्यक्रममा प्रशिक्षक कल्पना योगीले झोल साबुन बनाउन सिकाएकी थिईन् ।

प्राप्सा सेवा समितिका अध्यक्ष रामचन्द्र कंडेलको अध्यक्षतामा भएको सो तालीममा राष्ट्रिय गैर सरकारी संस्था महासंघका केन्द्रिय महासचिव कैलाश न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

तालीमबाट रामेछापका बिभिन्न पालिकाबाट सहभागि ६५ जना लाभान्वीत भएको प्राप्साका अध्यक्ष कंडेलले बताए ।

तालिमका लागि आर्थिक सहयोग भने राष्ट्रिय गैर सरकारी संस्था महासंघले गरेको थियो ।