मातृभूमिका लागि राष्ट्रिय अभियान

रामेछाप, ४ माघ ।

जन्मभूमि अभियान को आयोजनामा समृद्धिका लागि साझा अभियान विषयमा अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा जन्मभूमि अभियानका केन्द्रीय अभियान्ता रण बहादुर चन्दले – मानवमा भगवानका गुणहरु हुने भन्दै सुन्दर, शक्तिशाली, विद्वान, प्रख्यात, धनि, त्यागि र अम्मर भवगवानका गुणहरु भएकाले यी अधिकांस गुणहरु मानवमा पनि मेल खाने वताए । ब्यक्ति, भगवान, आमाबुवा, प्रकृति गुरु राष्ट्र, समाज, र मातृभूमि का लागि राष्टिय अभियान सुरु गरेको उनको भनाई छ ।

अभियानमा देशभर भएका १ सय ८ वटा मुख्य मुख्य मन्दिरहरुको प्रचार प्रसार गर्ने, ति मन्दिरहरुको वरीपरि सरसफाई र बिभिन्न प्रजातिका विरुवाहरु रोपेर हुर्काउने, शक्ति पिठहरुमा सूचना प्रबिधि को प्रयोगवाट अनलाईन पूजा गर्ने ब्यवस्था मिलाउने लगाएतका कामहरु गर्ने र हिन्दु संस्कृतिको जगेर्ना गर्ने जस्ता कामहरु रहेको उनले थपे ।

उनका अनुसार यो अभियान नेपालका सबै  जिल्ला सबै पालिका र सवै वडाहरुमा पुर्याई अभियान्ताहरु तयार गरी उनीहरुलाई आवश्यक काम समेत दिईनेछ।