कोसेली घर निर्माणका लागि ठाउँ खाली गर्दै मन्थली नगरपालिका

माघ १०, रामेछाप


मन्थलीको विपिचोक नजिकै रहेको शान्तिदीप युवाक्लब रहेको घर आज भत्काइएको छ । सार्वजनिक जग्गामा बनेको उक्त घर रहेको जग्गामा रामेछापमा उत्पादन भएका सामग्रीहरुको विक्री वितरण गर्ने कोसेलीघर निर्माणार्थ आफ्नै नेतृत्वमा भत्काइएको नगरप्रमुख रमेशकुमार बस्नेतले जानकारी दिएका छन् ।


घरेलु तथा साना उद्योग विकास समिति रामेछापसँग कोसेलीघर निर्माणका लागि भएको ५० लाख बजेटबाट उक्त स्थानमा कोसेली घर बन्ने र जग्गा मन्थली नगरपालिकाले प्रदान गर्नुपर्ने भएकोले उक्त घर भत्काइएको नगरप्रमुख बस्नेतले बताएका छन् ।


आफ्नै कार्यकालमा उक्त कोसेलीघर बनिनसक्ने भएता पनि आफूले जिल्लामा उत्पादन भएका सामग्रीहरुको विक्री वितरणका लागि बन्ने कोसेलीघरका लागि ठाउँ खाली गरिदिएको कुराकानीकै क्रममा नगरप्रमुख बस्नेतले जानकारी दिएका छन् ।