कानुन तोड्न खोज्ने कसैलाई छाड्दिन- डिएसपी ढुंगाना

रामेछाप ११ माघ ।

जिल्लामा शान्तिसुरक्षा कायम गर्न र अपराध  रोकथामको क्रममा कुनै राजनितिक दलको प्रभाब र दबाबमा नपरी आफ्नो कार्य सम्पादन गर्ने, कानून तोड्न खोज्ने जो सुकैलाई पनि नछाड्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले बताए । प्रहरी नायव उपरिक्षक नबराज ढुंगाना शुक्रवार मात्रै हाजिर भएका हुन् ।

आफ्नो कार्यभार सम्हाले पछि पहिलो पटक  राजनितिक दल, पत्रकार, उद्योगी र नागरिक समाजसँग भएको भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । बताएका छन् ।

उनले  सबै राजनितिक दल, संञ्चारकर्मी र नागरिकहरुले प्रहरीलाई साथ दिन आग्रह गरे । आफू यस जिल्लामा रहुन्जेल गुण्डागर्दी चल्न नदिने उनले उद्घोष गरे । साथै  जघन्य अपराधका मुद्धामा जो कोहि भए पनि मिलापत्र गर्ने काम आफ्नो कार्यकालमा नहुने उनले बताए ।उनका अनुसार  – पहिला प्रहरी संगठन भित्र पनि सुद्धिकरण हुनु जरुरी छ ।