‘कोभिशिल्ड’ सातवटा नै प्रदेशमा पुर्याईने

माघ, ११ काठमाडौं ।

भारत सरकारले अनुदानमा दिएको १० लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटा नै  प्रदेशमा पुर्याईने भएको छ । आज उक्त खोप सबै प्रदेश स्थित भण्डारण केन्द्रमा पुर्‍याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।खोप प्रदेशमा पुर्याई सकेपछि प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा वितरण गरिने छ ।

पहिलो चरणमा  कोभिड–१९ का बाबजुद पनि फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।  अस्पताललाई नै खोप केन्द्र बनाएर सबै  जिल्ला अस्पतालबाट खोप लगाइनेछ । काठमाडौं उपत्यकामा भने थप अन्य अस्पतालमा समेत खोप वितरण गरिनेछ ।

पहिलो खोप लगाएको चार हप्तापछि दोस्रो मात्रा दिइने र खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।