जनतालाई चुनाव हैन, कोरोनाको ओखती चाहिएको छ

बेमौसमी बाजा र बेमौसमी खेती दुबै समय सुहाउँदो हुदैन।बेमौसमी बाजाले वातावरण प्रदुषण बढ्छ । गाँउलेको हेर्ने भीड पनि बढ्छ,  अनि छिमेकीहरु पनि फलानो बौलाहा भएछ क्यारे भनेर खिसीटिउरी मात्रै हैन पागलखानातिर लाने बन्दोबस्त पनि गर्न थाल्छन् ।

त्यस्तै बेमौसमी खेती पनि त्यस्तै हो ।न त किसानलाई फाइदा न त ग्राहकलाई ।लागत पनि महँगो स्वास्थ्य पनि हानी । अहिले नेपालको राजनीति त्यस्तै अवस्थामा छ।बेमौसमी खेती बाट घाटामा परेको जस्तो । कुन ठिक -कुन बेठीक भन्दा पनि सबै बेठीक भन्नू पर्ने अवस्था सिर्जना भएको छ।

गाडीका गाडी मान्छे राजधानी  ओइरिदै छन। यतिका मानिस सार्वजनिक काममा जुटाउन सके कैयौं धरहरा र रानीपोखरी अनि कैयौँ हस्पिटल र स्कुल बन्थे श्रमदानबाट ।

एउटा भन्छ हामी हिउँ जस्तै कन्चन छौँ, अर्को भन्छ हामी हिउँ भन्दा कन्चन छौँ।फलानो त सबैभन्दा खत्तम।तर कुन ठिक कुन बेठीक छुट्टाउनु नसक्दा जनता मात्रै हैन सरकार नै डुब्ला भन्ने डर छ भनौ या सरकार नै डुबिसक्यो भन्दा पनि फरक नपर्ला।

दुई तिहाईको दम्भका कारण आफ्नो धरातल बिर्सेर आकाशमा उड्ने प्रयत्न गर्दा न त उड्न सके, न त गुड्न, नत अब हिड्न नै सक्ने अवस्थामा छन् । अब चार पाउ टेकेर बामे सर्ने अवस्था नआउका भन्न सकिन्न।”काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनेझै कोभिड १९ को भूमरीमा देश र जनता डुबिरहेको बेला जनताको जिउ धनको सुरक्षा गर्नु त कता हो कता संसद विघटन गरेर तमासा देखाउँदै छन। कोहि हामी यता छौ भनेर बयलगाडामा छन, कोहि दुई पाङ्रे प्रदर्शनमा छन्, अब हेर्न बाँकी छ आकाशमार्गको विरोध र स्वागत । गाडीका गाडी मान्छे राजधानी  ओइरिदै छन। यतिका मानिस सार्वजनिक काममा जुटाउन सके कैयौं धरहरा र रानीपोखरी अनि कैयौँ हस्पिटल र स्कुल बन्थे श्रमदानबाट ।

सरकारले यो बुझ्नु जरुरी छ कि जनता बाँचे भने चुनाव त पछि पनि गर्न सकिन्छ । यदि जनता नै रहेनन् भने भोट कसले हाल्छ अनि राजनीति कसले कसरी गर्न सक्छ?

अर्थतन्त्र धरापमा परेको छ। शैक्षिक र आर्थिक क्षतिको कुनै हिसाबकिताब छैन महिनौ लकडाउन हुँदा। बल्लबल्ल विभिन्न व्यावसायीहरु उठेर बामे सर्न थालेका छन् ।अझै पनि स्कुल तथा कलेजहरु पूर्णरुपमा खुलेका छैनन् । विदेशमा अलपत्र नागरिकलाई झिकाउन सकिएको छैन। अरु देशले कोभिडको भ्याक्सिन तयार गरेर कतिपय ठाउँमा पाइलट टेस्टको रूपमा प्रयोग गर्न थालेको छ।  नेपालमा पनि माघ ८ गते १० लाख भ्याक्सिन भारतले सहयोग स्वरुप नेपाल पठायो । तर यो भ्याक्सिन कतिको सफल र प्रभावकारी छ? यो प्रश्न आम जनमानसमा उठ्नु स्वभाविक हो। आफूले केही गर्न पनि नसक्ने  किनेर ल्याउन पनि नसक्ने अनि अर्काले सित्तैमा दिएको माल जस्तोसुकै भए पनि  स्वीकार  पर्ने यो कस्तो लाचरीपन हो?यो बेला चुनावको बेमौसमी बाजा बजाउनु कत्तिको उपयुक्त छ? जनतालाई यतिबेला चुनाव हैन कोभिड( १९) विरुद्धको भ्याक्सिन आवश्यक छ ।

देशमा अर्थतन्त्र धरापमा परेको बेला चुनाव गरेर देशलाई अझ भार बोकाउन कत्तिको उपयुक्त छ? अर्थशास्त्रमा आवश्यकतालाई अनिवार्य आवश्यकता र बिलासी आवश्यकता भनेर दुई भागमा बिभाजन गरेको छ । अहिले साच्चै भन्ने हो भने चुनाव भन्दा पहिला कोभिड विरुद्धको भ्याक्सिन पहिलो र अनिवार्य आवश्यकता हो। सरकारले यो बुझ्नु जरुरी छ कि जनता बाँचे भने चुनाव त पछि पनि गर्न सकिन्छ । यदि जनता नै रहेनन् भने भोट कसले हाल्छ अनि राजनीति कसले कसरी गर्न सक्छ?

अझ एउटा हो र ३ ठाउँमा सरकार भएर पनि जनताले सुशासनको प्रत्याभूति गर्न नपाएपछि किन चाहियो सरकार ? खै कहाँ छ सरकार ? यदि सरकारले जनतालाई भ्याक्सिन दिन नसक्ने भए सक्नेले किनेर लगाउने र नसक्नेलाई निशुल्क उपलब्ध गराउने व्यवस्था सरकारले मिलाइनुपर्छ।

नेपालको अनन्य मित्रले सौगात स्वरुप दिएको उपहारमा कति स्वार्थ लुकेको होला हामी नजरअन्दाज गर्न सक्छौं ।भर्खरै मात्र हाम्रा परराष्ट्र मन्त्रीज्यू पाउ परेर आउनु भएको छ। के के दिने लिने सम्झौता पक्कै पनि भएकै छ। १० लाख भ्याक्सिन जोखिम क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मचारीलाई दिने भन्ने समाचार आएको छ र सरकारको योजना पनि यहि छ । यो स्वागत योग्य कदम हो। तर यो भ्याक्सिन सफल र प्रभावकारी छ भनेर विश्वास गर्ने प्रमाणहरु के – के छन त? अनि अहिलेको अवस्थामा निकै जोखिम र अग्रपंक्तिमा त राजनैतिक दल पो छन त। उनीहरू सधै सडकमा छन । त्यसैले त्यो भ्याक्सिन टेस्ट उनीहरुलाई गर्दा उपयुक्त हुनसक्छ ।चुनाव आउदै छ ,चुनावमा सडकमा र्याली निकाल्नु छ,जनताको घर घरमा गएर भोट माग्नु छ।त्यसैले मेरो विचारमा यो भ्याक्सिन सबैभन्दा पहिला राजनैतिक दलका ठुला साना सबै नता कार्यकर्तालाई दिनुपर्छ।

जनताले भ्याक्सिन लगाउने सपना सपना मात्रै हुने भयो। नेपालीमा उखान छ “जागर न सागर खाने बेला आँ गर।” काम गर्ने बेला झगडा गरेर बस्ने अनि अर्काले देको भिखले छाक टार्ने बानीले यस्तो अवस्था सिर्जना भएको हो । जनतालाई एउटा भ्याक्सिन किनेर दिन नसक्ने सरकारले जनतासङ्ग कर पनि नलिए हुने । केको लागि तिर्नु जनताले कर? कोहि बाटोमा अलपत्र पर्यो जनताले हेर्नुपर्ने, कोहि बिरामी पर्यो जनताले चन्दा उठाएर उपचार गर्नु पर्ने, कसैको बस्ने घर छैन जनतालेनै बनाइदिनु पर्ने, कसैले खान पाएनन् जनताले नै खुवाउन पर्ने भएपछि सरकार किन चाहियो? अझ एउटा हो र ३ ठाउँमा सरकार भएर पनि जनताले सुशासनको प्रत्याभूति गर्न नपाएपछि किन चाहियो सरकार ? खै कहाँ छ सरकार ?

यदि सरकारले जनतालाई भ्याक्सिन दिन नसक्ने भए सक्नेले किनेर लगाउने र नसक्नेलाई निशुल्क उपलब्ध गराउने व्यवस्था सरकारले मिलाइनुपर्छ। तर अर्काको भर परेर बस्नु कदापि ठिक हैन। १० लाख अर्काले दिएको उपहार कतिको सफल र प्रभावकारी छ त्यो पनि हेर्नू जरुरी छ। सँधै अर्काको भर परेर बस्नु ठिक हैन। अहिले कोभिडको प्रभावबाट अछुतो कुनै देश छैन । यस्तो बेलामा अर्काको भर पर्नु लाचारीपन हो। त्यसैले सरकारले अहिले सबै काम छोडेर जनता बचाउने काम गर्नुपर्नेमा दुईमत हुन सक्दैन ।