ब्यारोनको १२ वटा बोलत ल्याए ९ सय रुपैयाँ पाईने

जगदम्बा अल्कोबेब प्रालिले नयाँ वर्ष सन २०२१ को अवसर पारि बजारमा ल्याएको ब्यारोन नामक हुस्कीको १२ वटा खाली बोतल ल्याएमा ९ सय रुपैयाँ दिने भएको छ । हुस्की सेवन गरिसकेपछि बोतलको ब्यवस्थापन गर्ने उद्देृश्यले उत्पादक कम्पनीले नै खाली बोतल किन्ने भएको हो ।


खाली बोतल जथाभावि फाल्दा वातावरणमा पर्नसक्ने प्रतिकुल असरलाई ध्यानमा राखि ब्यारोन उत्पादक कम्पनीले खाली बोतलको निश्चित शूल्क तिरेर फिर्ता लिने ब्यवस्था मिलाएको रामेछापको अधिकृत बिक्रेता जिएस मार्केटिङ्ग प्रा.लिका सञ्चालक श्याम थापाले बताए ।


रामेछाप जिल्लाका अधिकृत बिक्रेता जिएस मार्केटिङ्गले रामेछापको मन्थलीमा आयोजना गरेको ब्यारोन हुस्की लन्च कार्यक्रममा यस्तो जानकारी दिइएको हो । जिल्लास्थित ब्यपारिहरुको सहभागितामा ब्यारोन हुस्की लन्च कार्यक्रमको आयोजना गरिएको थियो ।