१ सय ४० विद्यार्थीका लागि ८ करोड भन्दा बढिको भवन (भिडियो सहित)

रामेछापको मन्थली नगरपालिका वडा नं. ११ गेलुमा १ सय ४० विद्यार्थीका लागि ८ करोड ३ लाख  ८३ हजार पैतिश रुपैयाको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको छ । विद्यालय स्रोतले १ सय ४० विद्यार्थी छन् भने पनि उपस्थिति भने त्यस्तो देखिएन ।

२०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पवाट क्षतिग्रस्त भएको सो विद्यालय नेपाल सरकार पूनर्निमार्ण प्राधिकरण द्धारा पून निमार्ण सम्पन्न भएपछि उक्त विद्यालय भवन एक समारोहका विच रामेछापका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र सभासद तारानारायण श्रेष्ठको विशेष आतिथ्यतामा उद्घाटन सँगै विद्यालयलाई हस्तान्तरण गरिएको छ ।