कांग्रेस बाहेक कसैले यो देशको आमूल परिवर्तन गर्न सक्दैन-बस्नेत

कम्युनिष्टको इतिहास नै चोर डाका फटाहा भएको  नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले बताएका छन् । नेपाली कांग्रेसले सँधै इतिहासको कुरा गर्छ भन्दै हिड्ने कम्युनिष्टले आरोप लगाएकोले यसको जवाफ दिएको उनको भनाई छ । नेपाली कांग्रेस का रामेछापमा स्थित भातृ संगठनहरूले आयोजना गरेको संयुक्तरूपमा संसद विघटनको विरोध सभामा प्रमुख अतिथीका रुपमा आएका बस्नेतले यस्तो तर्क राखेका हुन् । ।

पूर्वन्यायधिशहरूले न्यायलय माथि हस्तक्षेप गर्न खोजेको बस्नेतको आरोप छ ।  आफू हुँदा नीति नियम परिवर्तन गर्न नसक्ने, अहिले आएर न्यायलय माथि हस्तक्षेप गर्न साटो बरु राजनीतिमा आउन, मानव अधिकारकर्मी बनेर आउनु वा आम जनता बनेर आउनु, बस्नेतले भने ।

सभामा बोल्दै बस्नेतले नेपाली कांग्रेस बाहेक कसैले यो देशको अमूल परिवर्तन गर्न नसक्ने बताए ।

नेपाली कांग्रेसले आवह्वान गरेको यस्ता कार्यक्रम देशै भरि भएको  हो । सोहि अनुरुप रामेछापमा पनि बाईक र्याली, र्याली तथा विरोध सभा रामेछापमा  भएको हो ।

कार्यक्रमको सभादक्षको भूमिका निर्वाह भने नेपाल तरुण दल रामेछापमा अध्यक्ष काजीबहादुर खड्काले गरेका थिए ।