हराए गाउँका नाटक

मैले ६ पात्रको एक लाभ भन्ने नाटक हेर्न पाए। जुन मलाई नाटक हेर्न उत्प्रेरित गर्नु हुने अभिनय समेत गर्नु भएकी कलाकार प्रिय मित्र पवित्राखड्काजिलाइ बिशेष धन्यवाद  र नाटक हेर्नुपर्छ भनेर साथी समेत बनेर जानू भएकोमा सुशिला लोहनी प्रती आभार।

नाटक हेर्दै गर्दा मलाई म पढेको तत्कालीन श्री खण्डेश्वर निम्न माध्यमिक बिधालयका शिक्षक अर्जुन श्रेष्ठ र हिरा बोहरालाई ज्यादै सम्झे । त्यो बेलाको नाटक अझै मलाई याद आउँछ। उमेर र शिक्षाको खुट्किलो चढ्ने क्रममा माध्यमिक शिक्षा आर्जनका लागि बिधालय परिवर्तन गर्न अनिवार्य नै थियो। परिवर्तन गरियो शारदा माध्यमिक बिधालय त्यस बिधालयमा ।

मेरो ध्यान पढाइ भन्दा सास्कृंतीक कार्यक्रम तिर ।त्यस समय सम्झन्छु शिक्षक श्याम नन्दन शाह र उमेश शाह अनि यो माघी महिनामा आउने चाड, बिद्यार्थीहरुको ज्यादै ठूलो पर्व- सरस्वती पुजा। यो पर्बमा हामीले नाटक प्रस्तुत गर्दा लाग्छ म अब नाटककार बन्छु। तर सोचे जस्तो भएन त्यस बखतको नाटकले धेरै साथीहरू चिनायो , माया प्रेम गर्न सिकायो र नजिक्यायो।

एक्लो हुँदा गुनगुनाउन सिकायो। केही लेख लेख्न सिकायो। भदौ महिना जस्तै हरियाली हुनुपर्छ भनेर सिकायो। जसले गर्दा आज साहित्यमा दखल राख्न सक्ने भए।  हामीले बिधालय छाडेपछि अहिले त्यस्तो नाटक हुदैन भन्ने कुराले दुख लाग्छ । रामेछाप त्यसै पनि साहित्य बिधामा पछाडी परेको जिल्ला हो।साहित्यकार जगदिश घिमिरेको जिल्ला भन्न समेत आट आउदैन। उहाले कुल्चिनु भएको माटो एक माना भन्दा बढी मैले बच्पनमा चाटेको छु होला। त्यसैले म जगदीश घिमिरे जन्मेको जिल्लाको नागरिक हुँ भन्दा ओठमा छुट्टै रौनकता छाउँछ ।

रामेछाप पहिले धेरै साहित्य कार्यक्रमहरु हुन्थ्यो । रचना सुन्ने र सुनाउने कार्यक्रममा हल भरी खचाखच स्रष्टा पुग्थे। धेरैले लेख्ने प्रयत्न गर्थे तर अचेल कार्यक्रम पनि हुँदैन जसले गर्दा रामेछाप साहित्यमा अझ पछि पर्दै छ। झनै नाटक त मलाई लाग्छ रामेछाप जिल्लामा कुनै बिधालयले पनि सिकाउदैनन् । हराए गाउँका नाटक । जहाँ साना नानीले नाटक के हो भन्ने यथार्थमा देख्न पाउथे ।

मैले थियटरको नाटक कमै हेरेको छु। झनै कोभिडले सबै हलहरु बन्द भएपछि नाटक मन्चन हुने कुरै भएन। कोभिड पछि मेरो मिल्ने साथी धेरै बर्ष देखि नाटकमा असल पात्रको भुमिका निर्वाह गरेकी रामेछापकि चेली पबित्रा खड्काले हेर्न लाएक नाटक भनेपछि म नाटक हेर्न हलमा जादा खुशी उमङ्ग त थियो नै तर छिटो सुरु भए हुन्थ्यो जस्तो लाग्यो। तर नाटक सकिएपछी मलाई मनमा हजारौं कुरा खेले । कोहि सँग बोल्न मन लागेन, दिनलाई पार गर्दै रात सुरु भयो तर मलाई अभिशाप सुरु भयो जस्तो भयो। नाटकमा एउटा शब्द म कहिले बिर्सिन्न “गरिबका लागि सामान्य दोषी पनि जेल जानुपर्छ तर धनिका लागि त्यही अदालत अतिथि कक्ष बन्छ” ।

जति पटक यो सम्झन्छु मेरा आँखा रसाउँछन। हो सत्य एहि छ। नाटकले यथार्थ त बोल्छ तर परिवर्तन गर्न स्थानीय सरकार हेर्दैन, सुन्दैन।

साहित्यले समाज परिवर्तन गर्न सक्छ । समाज भित्रको यथार्थलाई देखाउन सक्छ । झनै नाटक विधाले समाजको यथार्थलाई जस्ताको तस्तै आँखा अगाडी देखाउने काम गर्छ । साहित्यलाई  तह र तप्कामा हुनेहरूले  अपहेलना गर्न खोजे जस्तो भान हुन थालेको छ ।

हाम्रा सबै साथीहरू पबित्रा जस्तै असल पात्र बन्नुन् ।यस्तो कला र साहित्यको क्षेत्रमा योगदान गर्ने धेरै पवित्राहरूको खाँचो नेपाली कला र साहित्यमा छ ।