बालकले गरे आत्महत्या

रामेछाप, २१ माघ

गोकुलगंगा गाँपालिकाका एक बालकले आज झुण्डिएर आत्महत्या गरेका छन् । गोकुलगंगा गाँपालिका वडा नं. ३ बुर्केका  एक १५ वर्षे बालकले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

अमृत सुनुवारका छोरा नयन सुनुवारले किन आत्महत्या गरे भन्ने बारे कारण खुलेको छैन ।

प्रहरी स्रोतका अनुसार- गए राती मृतक नयन सुनुवारको परिवारसँग कुनै झैझगडा भएको  थिएन । राम्रो सँग खाना खाएर सुतेको मृतक नयन सुनुवारले किन झुण्डेर आत्महत्या गरे भन्ने बारे थप अनुसन्धान भई रहेको छ