आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक

रामेछाप फाल्गुण ४ । रामेछाप जिल्लामा संचालन गरिएको राष्ट्रिय आर्थिक गणना २०७५ को जिल्लास्तरीय नतिजा सोमबार रामेछाप सदरमुकाम मन्थलीमा सार्वजनिक गरिएको छ । तथ्यांक कार्यालय सिन्धुलीको आयोजनामा सम्पन्न गोष्ठीमा जिल्लाको आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाइको अध्यक्षता सम्पन्न नतिजा सार्वजनिक गोष्ठीमा तथ्यांक कार्यालय सिन्धुलीका अधिकृत टीका नेपाल जिल्लाको आर्थिक स्थितिको तथ्याकमा बारेमा जानकारी गराएका थिए । तथ्यांक कार्यालय सिन्धुलीले जिल्लाको आर्थिक पक्ष समेटेर जिल्लाका ८ वटै स्थानीय तहहरुको बस्तुगत विवरण सहितको किताव समेत प्रकाशन गरि सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा विशेषगरी जिल्लाको आर्थिक कृयाकलाप तथा रोजगारीको अवस्था, सहकारी, पर्यटन लगाएतका आर्थिक पाटोलाई विशेष गरी समेटन खोजिएको छ । जिल्लाको जनसंख्या र आर्थिक अवस्थालाई समेटेर प्रतिवेदन तयार पारिएको छ भने स्थानीय तहगत रुपमा आर्थिक अवस्थाको विश्लेषण गर्ने काम प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनमा तथ्यांकगत रुपमा केही कमजोरी हुन सक्ने भएपनि कमीकमजोरीहरुलाई सुधार गर्दै जिल्लाको विकासका लागि यसलाई आवश्यक मार्गदर्शक बनाएर अघि बढन सक्ने रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाइले बताए ।
प्रतिवेदन सार्वजनिक समारोहमा सहभागिहरुलाई तथ्यांकहरुलाई अझ विशिष्ट बनाउनका निमिति सुझाव समेत दिएका थिए ।