अग्नि नियन्त्रक अनुशिक्षण तालिम सम्पन्न

रामेछाप २१ फागुन । मन्थलीस्थित सशस्त्र प्रहरी वल,नेपाल आश्रित गुल्म रामेछापको आयोजनामा भएको अग्नि नियन्त्रक अनुशिक्षण तालिम शुक्रवार सम्पन्न भएको छ । तालिम ३ दिन सञ्चालन भएको थियो ।

तालिको समापन समारोहमा वोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेतले ३५ जना अग्नी नियन्त्रक भएपछि अब जिल्ला वा पालिकाहरुमा अग्नि नियन्त्रणका लागि सहयोग पुग्ने वताए ।

तालिममा सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना, मन्थली न.पा.का कर्मचारीहरू,नेपाल रेडक्रस सोसाइटिका कर्मचारी तथा स्वंयम सेवक, र जिल्ला वन कार्यालयका कर्मचारी र रासमका सदस्यहरू सहित ३५ जना सहभागि रहेको थियो ।