चैत्र ७ को वैठक एमालेको एकताको वैठकको रुपमा रुपान्तरण गर्नु पर्छ – ढुङ्गेल

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले एमाले पार्टीभित्र भावनात्मक एकताको आवश्यकता अपरिहार्य भएको ठहर गरेका छन ।
सर्वोच्च अदालतको फैसलाले नेकपालाई खारेज गरि तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूतिएको अवस्थामा एमालेले भावनात्मक एकताका साथ सम्वाद, सहमति र अग्रगतिको बाटो लिन आवश्कता रहेको बताए ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षसमेत रहनु भएका युवा नेता ढुङ्गेलले बिगतलाइ विर्सिदै सकरात्मक सोचेर अगाडि बढ्न र पार्टीभित्र विश्वासको वातावरण बनाउन नेतृत्वलाई आग्रह समेत गरेका छन ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरि आफ्नातर्फबाट कार्वाहि गरिएको, विपक्षसँगको साँठगाँठमा प्रधानमन्त्रीबाट हटाउन खोजिएको सन्दर्भ सेलाएको छैन भन्दै यस्तो विग्रिएको सम्बन्ध र अविस्वासको परिस्थिति कायमै रहेको वेला व्यक्तिको जिम्मेवारी हेरफेर हुनु त्यति ठूलो कुरा नभएको सामाजिक संजालमा ब्यक्त गरे ।
अव सम्वाद, सहमति, आलोचना आत्मालोचनाको वातावरण वन्यो र थोरै विस्वासको परिस्थिति निर्माण भयो भने जिम्मेवारी फेरि पनि हेरफेर हुन सक्छ प्रमुख सवाल सकारात्मक सम्वाद र विस्वासको वातावरण निर्माण हुनुपर्ने बताए ।

नेता ढुङ्गेलले परिस्थितिलाई सहज वनाउन र पार्टीको चैत्र ७ को वैठक एमालेको एकताको वैठकको रुपमा रुपान्तरण गर्नसमेत आग्रह गरे ।