उत्कृष्ट कार्य गरे बापत रामेछाप उद्योग वाणिज्य संघ सम्मानीत

२८ चैत्र २०७७

नेपाल उद्योग वाणिज्य महासंघको ५५औ साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७७ को  अवसरमा रामेछाप उद्योग वाणिज्य संघ सम्मानित भएको छ ।

उद्योग व्यापार व्यवसायको विकास र प्रवर्धनमा वाग्मती  प्रदेशवाट ‘ख’  बर्गका उद्योग वाणिज्य संघहरु मध्ये उत्कृष्ट कार्य गरे बापत नेपाल उद्योग वाणिज्य महासंघले  रामेछाप उद्योग वाणिज्य संघलाई सम्मान गरेको  रामेछाप उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष नबिन थापाले जानकारी दिए ।

साथै उनले रामेछाप उद्योग वाणिज्य संघको कामलाई मुल्यांकन गरी उत्कृष्ट छनोट गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ परिवार र मुल्यांकन समिति प्रति कृतज्ञता समेत व्यक्त गरे । ‘हामीले प्राप्त गरेको यो सम्मान हाँसिल गर्न योग्य बनाउन सहयोग पुर्याउने सबै उद्यमी व्यवसायी एवं मान्यजनहरु तथा संघका पदाधिकारी तथा कर्मचारी प्रति हार्दिक आभार प्रकट गर्दछौ’ – थापाले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामेछाप उद्योग वाणिज्य महासंघका अध्यक्ष केशव घिमिरेलाई उक्त सम्मान हस्तान्तरण गरेका थिए ।