विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीद्वारा सम्मान

रामेछाप । विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी नामक संस्थाले नव निर्बाचित पत्रकार महासंघका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ ।संस्थाले नव निर्वाचित पत्रकार महासंघ रामेछापका पदाधिकारी तथा सदस्यलाई सम्मान तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरि सो सम्मान तथा शुभकामना दिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेस नेता ढुंगेलले राजनिती भनेको देशको मेरुदण्ड भएकोले जो कोही पनी राजनिती भन्दा पर हुन नसक्ने बताए ।

कार्यक्रममा बक्ताहरूले विपि कोइरालाको योगदानको चर्चा गर्दै विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीले बिपिको सिद्धान्तलाई पछ्याउदै रचनात्मक कामहरु गर्नुपर्ने बताए ।

विपी कोइराला स्कुल अफ पब्लिक पोलिसीकी अध्यक्ष मञ्जु पुर्वेको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघको नव निर्वाचित पत्रकारहरुलाई सम्मान स्वरुप कदर–पत्र समेत प्रदान गरीएको थियो ।