दोरम्बामा अनलाईनबाट घटना दर्ता सुरु

३ बैशाख,रामेछाप

दोरम्बा गाउँपालिकामा घटना दर्ताको काम अनलाइनबाट सुरु भएको छ । दोरम्बा गाउपालिकाका अध्यक्ष कमानसिं मोक्तानले पालिकाको २ नं वडा कार्यालयमा सो कार्यक्रम उद्घाटन गरेका हुन् ।

प्रबिधिमैत्री पालिका बनाउने काम अर्को चरणमा ६ नं वडामा गरिने पालिकाले जनाएको छ । हालको लागि इन्टरनेटको सुबिधा भएको वडामा अनलाईन घटना दर्ताको काम गर्ने र क्रमै सँग इन्टर्नेटको सुबिधा हुने बित्तिकै सबै वडालाई प्रबिधिमैत्री बनाउने दोरम्बा गाउपालिकाका अध्यक्ष कमानसिं मोक्तानले बताए ।