कृषि उद्यम केन्द्रको आमन्त्रित सदस्यमा थापा मगर मनोनित

रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नवीन कुमार थापा मगर कृषि उद्यम केन्द्रको आमन्त्रित सदस्यमा मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले थापा मगरलाई केन्द्रको आमन्त्रित सदस्य पदमा मनोनित गरेका हुन् ।