डडेल्धुरामा ट्याक्टर दुर्घटना हुदा एक जानाकाे मृत्यु

डडेल्धुरा १२ बैशाख

डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर १ मा से २ च १४७२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा कैलालीको गौरिगङ्गा नगरपालिका १ का अन्दाजी २७ बार्षीय चालक प्रेम खड्का रहेका प्रहरीले जनाएको छ । १६ बर्षीय पवन सिजापती घाईते भएका छन । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।