प्रधानमन्त्रीलाई कमल थापाको सुझाव : कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाएका छन्।

उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्। उनले भने,- ‘कोरोना अनियन्त्रित र विकराल बन्दैछ । ‘यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन्, दु:खको बेला जनता भरोसा खोजिरहेछन्।’