धनगढीमा २ कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी, १६ वैशाख

धनगढीमा उपचाररत २ कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाको वडा नम्बर १० का ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पतालको आइसीयूमा उपचाररत दुवै जनाको बिहिबार विहान ११ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। उनीहरुमा निमोनियको पनि संक्रमण देखिएको थियो।