श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

नबलपरासी , वैशाख १७ ।
आफ्नै श्रीमती (सलन्ती हरिजन) को हत्या गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवाका उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिषयमा उनीहरूबिच झै-झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।