आन्तरिक हवाई उडान आज मध्यरातिदेखि बन्द

काठमाडौं २० बैशाख।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्डलाई भने उडान अनुमति दिइने भएको छ । यसैगरी मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।