उपमेयर चढ्ने गाडी बनाईयो एम्बुलेन्स

बैशाख , २७ रामेछाप

रामेछाप । रामेछाप नगरपालिकाकी उपमेयर सृजना खड्काले आफुले उपयोग गर्दै  आएको गाडीलाई कोरोनाको बिरामी बोक्ने एम्बुलेन्स बनाएकी छिन । लकडाउनले सार्वजनिक यातायात बन्द भएपछी कोभिडका बिरामीलाई सजिलो होस् उदेश्यले  उपप्रमुख खड्काले सो गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी हुन् ।

नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडी एम्बुलेन्स बनाइएको उपप्रमुख खड्का बताउँछिन् । जनमतबाट बिजय भएपछि त्यो जनमतलाई कहिले पनि चोट पुग्न नदिने पनि खड्काले बताइन ।

नगरपलिकामा ५ वटा एम्बुलेन्सले बिरामी बोक्न नभ्याए पछी उप – प्रमुख खड्का आफुले चढ्ने गाडी जनाताको सेवाको लागि उपलब्ध गराएकी हुन् । उनले चढ्ने बा २ झ ४४६३ नम्बरको गाडी नगरपालिकाका नागरीकहरुको उपचारका लागि प्रयोग हुनेछ ।

रामेछाप नगरपालिकाका प्रमुख नर ब. थापा मगरले आवश्यक परे आफुले चढ्ने गाडीलाई पनि एम्बुलेन्स बनाईने बताए । नगरपालिकाले दुई वटा एम्बुलेन्स किन्ने तयारी भईरहेका बेला कोभिड माहामारी आएर सो काम रोकिएको र जसका कारण आफु र उपप्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भए अनुसार दुई वटा गाडीलाई एम्बुलेन्स बनाईने नगर प्रमुख थापा मगरले बताए ।