नयाँ गोरख गणले बनायो अक्सिजन सहितको आईशलेसन

रामेछाप, बैशाख ३० ।

रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ६ खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ गोरख गणले अक्सिजन सहितको सात बेडको आइसोलेसन निर्माण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापको रोहबरमा नयाँ गोरख गण रामेछापका सह-सेनानी लिला बहादुर तामाङको नेतृत्वमा टोलीले आइसोलेसन बनाएको हो।

कोरोना भाईरसको यो महामारीमा नयाँ गोरख गणले बनाएको यो अक्सिजन सहितको आईशोलेसनले नागरिकहरूलाई ठुलो सहयोग पुगेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बताए ।