कोरोनाका कारण एक पुरुषको मृत्यु

जेठ १ रामेछाप

रामेछापको लिखु तामाकोशी गाउपालिकाका ५३ वर्षको पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।

रामेछाप जिल्ला अस्पतालको आइशोलेसनमा उपचाररत पुरुषको आज दिउँसो २:३० मा मृत्युु भएको अस्पतालले जनाएको छ।

यो सँगै रामेछापमा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या २ पुगेको छ ।